राष्ट्रिय विकास नीति अनुसार वार्षिक विकासका कार्यहरू तर्जुमाको लागि आवश्यक तथ्याङ्क सम्बन्धित निकायहरुलाई उपलब्ध गराउने ।
अधिनस्थ अधिकार क्षेत्रभित्र संचालन गर्नुपर्ने विभिन्न क्षेत्रको तथ्याङ्क संकलन, वर्गीकरण, तालिकीकरण, तथ्याङ्कीय अनुमान, विश्लेशण, तथ्यांकीय व्याख्या, प्रकाशनको लागि आवश्यकीय वार्षिक विकास कार्यहरु तर्जुमा गर्ने, स्वीकृत गराउने, कार्यान्वयन गर्ने, सुपरिवेक्षण गर्ने, मूल्यांकन गर्ने एवं प्रतिवेदन दिने आदि कार्य गर्ने ।
सुपरिवेक्षकहरुलाई प्रभावकारी रुपमा सर्वेक्षण कार्य संचालनका लागि तालिमको व्यवस्था गर्ने ।
संचालित नमुना सर्वेक्षण कार्यहरुको प्रगति मूल्यांकन गर्ने र सम्बन्धित निकायहरुमा प्रतिवेदन गर्ने ।
जिल्लास्तरको कार्यक्रम तथा जिल्लामा संचालन गरिने केन्द्रीयस्तरको कार्यहरुको सफलतापूर्वक कार्यान्वयन गर्ने गराउने ।
मासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक प्रगति विवरण रा.त.का.मा पठाउने ।
जिल्लामा संचालन गरिने कार्यक्रमहरुको योजनाबद्ध रुपमा कार्यान्वयन, सुपरिवेक्षण, प्रगति समिक्षा, मूल्यांकन एवं प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउने ।
आफ्नो क्षेत्राधिकारभित्र रहेको क्षेत्रमा संचालित नमुना सर्वेक्षण कार्यको प्रभावकारीरुपमा संचालनको लागि स्वीकृत कार्य तालिका अनुसार सुपरिवेक्षण गर्ने, जाँचबुझ गर्ने, आदेशानुसार आवश्यक निर्देशन दिने, स्थलगत रुपमा समस्याको सामाधान गर्ने एवं फिल्ड भ्रमणको प्रतिवेदन निर्दिष्ट समयावधिभित्र पेश गर्ने ।